सुनको मूल्य तोलामा तीन हजारले घट्यो

cp new add
Nisharg hospital
suchana

काठमाडौं । नेपाली बजारमा शुक्रबार (फागुन १) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आजको मूल्य तीन लाख तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार (माघ २९) प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ३४० रुपैयाँ थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...