


धनगढी । धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–२ निवासी २८ वर्षीय गोविन्द धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार राति करिब साढे एक बजेतिर धनगढी उपमहानगरपालिका–४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेस नजिक सामान्य विवादका क्रममा सिंहमाथि कुटपिट भएको थियो । कुटपिटमा संलग्न सोही ठाउँका २७ वर्षीय भरत बोहरा लगायत भनृे फरार छन् ।
उनीहरुको खोजी भइरहेको छ । कुटपिटबाट सिंहको बायाँ आँखाको भौँमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उनको नवजीवन अस्पताल धनगढीमा उपचारपछि डिस्चार्ज गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

