रावल र भूसाललाई लक्षित गर्दै ओलीले भने : एकै जनाले मात्र अवसर पाइरहनुपर्ने ?

cp new add
Nisharg hospital
suchana

५ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरु भीम रावल र घनश्याम भूसालले टिकट नपाउनु स्वभाविक भएको बताएका छन् ।ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा रावल र भूसालको नाम नलिई पार्टीभित्र पर्याप्त अवसर पाएको र पार्टीको पक्षमा एक शब्द नबोलेकाले टिकट नदिएको बताए ।

ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरुले अरुलाई पनि पालो दिनुपर्ने भएकाले टिकट नपाउनु स्वभाविक भएको दावी गरे ।

‘असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन्, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवामन्त्री, खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र ?’ उनले भने ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...