
६ कात्तिक, धनगढी । सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रदेशस्तरीय भेला तथा प्रशिक्षणका लागि आज धनगढी पुगेका छन ।

सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली आज धनगढी आएका हुन् ।

संयुक्त प्रशिक्षण कार्यक्रममा प्रदेशका ९ जिल्लाबाट गठबन्धन दलका प्रतिनिधि, उम्मेदवारलगायत आएका माओवादी कैलाली इन्चार्ज हरि ज्ञवाली ‘अखण्ड’ ले जानकारी दिए ।

भने सुदूरपश्चिमको संयुक्त प्रशिक्षण कार्यक्रम संयोजनको जिम्मेवारी नेकपा माओवादी केन्द्रले पाएको छ ।

