कैलाली प्रहरीद्धारा ३३ लाख ९४ हजारका अवैध सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा प्रहरीले झन्डै ३४ लाखको अवैध सामान बरामद गरेको छ ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कैलालीले भारतबाट भन्सार छली गरी ल्याइएको अन्दाजी ३३ लाख ९४ हजार आठ सय बराबरको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले कैलारी गाउँपालिका–४बाट उक्त सामानहरू नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले खानतलासी गर्दा मोबाइलका पार्टपुर्जा, चिनी र डोरीहरू बेवारिसे अवस्थामा फेला पारेको थियो ।
बरामद गरिएका सम्पूर्ण अवैध सामानहरू आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...