

धनगढी । दशैं–तिहार उपहार योजना अन्तर्गत निर्धारित लक्ष्य पूरा गर्दै धनगढीस्थित सन्जिवनी मोबाइल ले उल्लेखनीय सफलता हासिल गरेको छ। उक्त उपलब्धिको कदर गर्दै होनर मोबाइलको तर्फबाट सन्जिवनी मोबाइललाई भेस्पा स्कुटर उपहार प्रदान गरिएको छ।
यस अवसरमा आयोजित कार्यक्रममा चक्र न्यौपाने ले सन्जिवनी मोबाइललाई बधाई दिँदै धनगढी क्षेत्रमा होनर मोबाइलको पहिचान स्थापित गर्न यसको महत्वपूर्ण भूमिका रहेको बताए। उनले सन्जिवनी मोबाइलको उत्कृष्ट कार्यप्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा अझ सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सन्जिवनी मोबाइलका सञ्चालक सुभाष बम, धनगढी क्षेत्रका रिजनल डिस्ट्रीब्युटरका सञ्चालक निरञ्जन खत्री तथा एरिया सेल्स म्यानेजर हरिष पन्त को उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले आगामी दिनमा पनि यस्तै सहकार्य र समर्थन निरन्तर रहने अपेक्षा व्यक्त गरेका थिए।

