गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय पूर्ण सञ्चालनका लागि सुदूरपश्चिमका सांसद एकजुट

cp new add
Nisharg hospital
Ban Mantralye

कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशका सांसदहरूले संयुक्त रूपमा आवाज उठाएका छन्।

मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूले विश्वविद्यालयको स्तरोन्नतिका लागि आवश्यक पहल गर्न माग गरेका हुन्। कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद खेमराज कोइरालाका अनुसार विश्वविद्यालयलाई पूर्ण रूपमा सञ्चालन गर्न करिब २ अर्ब ६० करोड रुपैयाँ बजेट आवश्यक पर्ने भएकाले त्यसको सुनिश्चितताका लागि सबै सांसद एकमत भएका छन्।

tourism

उनले प्रधानमन्त्री शाहले पनि उक्त कामलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिएका बताए। छलफलअघि प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकारलाई ध्यानमा राख्दै तत्काल समाधान गर्न सकिने विषयहरू प्रस्तुत गर्न आग्रह गरेका थिए।

सोहीअनुसार सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्याहरू राखेका थिए। सांसद कोइरालाले क्याबिनेट निर्णयबाट रोकिएका केही महत्वपूर्ण परियोजनाहरू पुनः सञ्चालन गर्न, शिविर क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जीवनस्तर सुधार गर्न, धनगढी–डिपायल फास्ट ट्र्याक निर्माण, सडक तथा यातायात सञ्जाल विस्तारलगायतका विषय उठाइएको बताए।

सुदूरपश्चिमका साझा मुद्दामा देखिएको एकरूपतालाई क्षेत्रको समृद्धितर्फको सकारात्मक संकेतका रूपमा लिइएको उनले उल्लेख गरे।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...