

कुवेतको हवाई क्षेत्र र नियमित व्यावसायिक उडानहरू बन्द रहेको विशेष परिस्थितिमा त्यहाँस्थित नेपाली राजदूतावासको पहलमा ९ नेपालीको शव र डिपोर्टी (स्वदेश फर्काइएका)नेपालीहरूलाई आज नेपाल पठाइएको छ।
कुवेतस्थित नेपाली राजदूतावासका अनुसार, विभिन्न कारणले कुवेतबाट नेपाल फर्काइएका नेपाली नागरिकहरू र त्यहाँ मृत्यु भएका नौ जना नेपालीहरूको शव बोकेर कुवेत एयरवेजको विशेष विमान आज काठमाडौं आएको हो ।

नियमित हवाइसेवा अवरुद्ध रहेकै अवस्थामा दूतावासले कुवेत एयरवेजसँगको विशेष समन्वय र सहयोगमा यो उडानको व्यवस्था मिलाएको जनाएको छ। दूतावासले दिएको जानकारी अनुसार, अलपत्र परेका र मानवीय संवेदनाका हिसाबले तत्काल स्वदेश फर्काउनुपर्ने नेपालीहरूलाई प्राथमिकतामा राखेर यो विशेष उडानमार्फत नेपाल पठाइएको हो। जहाज भैरहवा विभानस्थलमा अवतरण भएको थियो ।

