कैलालीको बालुवाटारबाट लागूऔषधसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
Ban Mantralye

कैलाली । कैलालीको टिकापुर नगरपालिका–९ बालुवाटारबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने ९७० मिलिग्राम धुलो पदार्थसहित दुई जनालाई आइतबार बेलुकी पक्राउ गरेको छ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका–५ का २० वर्षीय बिशाल चौधरी र वडा नम्बर ४ का १८ वर्षीय एक किशोर रहेका छन्।

tourism

प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...