सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्षमा पुस्पराज कुँवर निर्विरोध

cp new add
Nisharg hospital

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध निर्वाचित भएका छन्।महासंघको प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदमा कुँवर एक्लो उम्मेदवार परेपछि उनी स्वतः निर्विरोध निर्वाचित भएका हुन्।

Nast Ad

निर्वाचन समितिका अनुसार उपाध्यक्ष ९उद्योगरवाणिज्य० मा मदन राज पन्त, कोषाध्यक्षमा प्रेम बहादुर भण्डारी तथा जिल्लारनगरतर्फका सदस्यहरूमा विष्णु राज जोशी, कृष्ण बहादुर तामाङ, कृष्ण कुमारी बिष्ट, खेमेश्वर प्रसाद बोहरा र मदन राज न्यौपाने समेत निर्विरोध चयन भएका छन्।

त्यस्तै, वस्तुगततर्फ सदस्यमा सन्तोष लामिछाने तथा एशोसिएट सदस्यमा बम बहादुर शाह निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रदेशभरका उद्योगी व्यवसायीहरूको छाता संगठनको नेतृत्वमा कुँवर निर्वाचित भएसँगै सुदूरपश्चिममा निजी क्षेत्रको सशक्त भूमिका अझ मजबुत हुने अपेक्षा गरिएको छ। उद्योग, व्यापार तथा लगानी प्रवर्द्धन, व्यवसायीका समस्या समाधान र प्रदेशको आर्थिक गतिविधि विस्तारमा उनले प्राथमिकता दिने विश्वास गरिएको छ।

निर्वाचन अधिकृत खगेन्द्र राज जोशीका अनुसार तोकिएको समयभित्र अन्य कुनै उम्मेदवारी नपरेपछि सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन भएका हुन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...