

धनगढी । कञ्चनपुरमा मलामी गएका एक जना महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् ।
मंगलबार बिहान साढे ११ बजेतिर मलामी गएका शक्लाफाँटा नगरपालिका-७ का ४५ वर्षीय प्रकाश सिंह महाकाली नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनी भीमदत्त नगरपालिका-११ भुजेला घाटबाट महाकालीमा बगेका हुन् । सिंह स्थानीय ७० वर्षीया धाना भट्टकाे मलामी गएका थिए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे संयुक्त टाेलीले बेपत्ता भट्टकाे खाेजी गरिरहेकाे छ ।

