

डोटी । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सजाय तोकिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत डोटीको २०६८ चैत २४ गतेको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी दिपायल सिलगढी नगरपालिका–३ बस्ने ३६ वर्षीया फुलमाया सोपलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकी सोपलाई फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

