कैलालीमा अनलाइन गेममार्फत ठगी गर्ने युवक पक्राउ, अत्तरियाका पहुँचवालाको पनि ‘कनेक्सन’

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । अनलाइन गेम खेलाउने बहानामा लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का २५ वर्षीय सुवास भाट रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार अनलाइनमार्फत गेम खेलाएर रकम ठगी गरेको आरोपमा भाटलाई पक्राउ गरिएको हो। कञ्चनपुरको वेदकोट नगरपालिका निवासी एक महिलाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

tourism

भाटलाई इलाका प्रहरी कार्यालय सुखडको सहयोगमा पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा अनलाइन गेममार्फत ठगी गरिएको रकम भाटको खातामार्फत कारोबार भएको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी शाहीले जानकारी दिए।

यस घटनामा कैलालीको अत्तरिया क्षेत्रका केही व्यवसायी तथा राजनीतिक पहुँच भएका युवाको समेत संलग्नता रहेको स्रोत बताउँछ । स्रोतका अनुसार भाटमाथि थप अनुसन्धान अघि बढाइए कैलाली  हुँदै काठमाडौंसम्म फैलिएको गिरोह उजागर हुने देखिएको छ।

उनीहरूले फेसबुकमार्फत गेम खेलाएर लाखौँ रुपैयाँ जितेको भनी प्रलोभन देखाउँदै उक्त रकम प्राप्त गर्न कर तिर्नुपर्ने भन्दै अग्रिम रकम असुल्ने गरेका थिए। सोही क्रममा ती महिलाबाट पनि करिब दुई लाख पचास हजार रुपैयाँ लिएको खुल्न आएको छ।

प्रहरी स्रोतका अनुसार उक्त गिरोहले लामो समयदेखि फेसबुकमार्फत आकर्षक अफर देखाई सर्वसाधारणलाई प्रलोभनमा पार्दै ठगी गर्दै आएको खुलेको छ। भाट पक्राउ परेपछि अन्य संलग्न व्यक्तिहरू फरार हुने सम्भावना समेत रहेको बताइएको छ।

कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खडकबहादुर खत्रीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइने बताएका छन्। उनका अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले हालसम्म औपचारिक जाहेरी दर्ता भएको छैन।

पीडित पक्षले सोमबार जाहेरी दर्ता गर्ने तयारी गरिरहेको र त्यसपछि अनुसन्धानलाई थप तीव्र बनाइने एसपी खत्रीले बताए। अनुसन्धानबाट संलग्न देखिने जोसुकैलाई कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...