सुकुमवासी बस्तीमा नाराबाजी, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौंको थापाथली क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गराउने सरकारी निर्देशनविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहानैदेखि प्लेकार्ड बोकेर नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन्।

सरकारले बुधबार साँझ बागमती नदी किनारका बस्तीहरूमा माइकिङ गर्दै बस्ती खाली गर्न सूचना दिएको थियो। सोही अनुसार शनिबार र आइतबार बस्ती हटाउने तयारी गरिएको छ।

tourism

यस निर्णयले स्थानीयमा आक्रोश बढाएको छ। सरकारमा जानुअघि रवि लामिछाने ले सुकुमवासी बस्तीमा डोजर चलाए आफू प्रतिवादमा उत्रिने बताएका थिए। तर अहिले उनी आवद्ध दलकै समर्थनमा बनेको सरकारको निर्णयपछि प्रदर्शनकारीहरूले उनलाई प्रतिवद्धता सम्झाउँदै आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।

त्यस्तै, बालेन शाह नेतृत्वसँग जोडिएको निर्णय भन्दै युवाहरूले विरोध चर्काएका छन्। उनीहरूले सुकुमवासीको व्यवस्थापन नगरी बल प्रयोग गरेर हटाउने प्रयास अन्यायपूर्ण भएको बताएका छन्।

सरकारको तयारी र स्थानीयको विरोधबीच थापाथली क्षेत्रको अवस्था तनावपूर्ण बन्दै गएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...