पहाड उक्लिदै खैरो हेरोईन्, बैतडीमा युवक पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो चेकजाँच गर्ने क्रममा सोही स्थानका ३१ वर्षीय प्रविन भट्टको साथबाट १४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो।

बरामद लागूऔषधसहित भट्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। कुनै बेला तराईका सीमावर्ती क्षेत्रमा पनि सिमीत लागूऔषध पछिल्लो समय पहाडी जिल्लामा पनि पुग्न थालेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...