कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा अटोबाट खसेर बृद्धको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–५ गर्जमनीस्थित भित्रि सडक खण्डमा अटोबाट खसेर सोही ठाउँ बस्ने ८५ वर्षीय रामदत्त पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार पन्त सुपप्र ०१–००२ स ०१६८० बाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएको थियो तर उनको आइतबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि अटो र चालक शुक्लाफाँटा नगरपालिका–५ खजुवाका २८ वर्षीय नरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...