माइतीघर काण्ड: कपाल तानातानपछि प्रहरीमा मुद्दा

शोभा पाठकको उजुरीमा अम्बिका भण्डारीसहित १० जनाविरुद्ध किटानी

cp new add
Nisharg hospital
suchana
Nast new

शोभा पाठकले एमाले सचिव महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारी (बस्नेत) सहित १० जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएकी छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंमा दायर जाहेरीमा ज्यान मार्ने उद्योगसम्बन्धी कसूर उल्लेख गरिएको छ।

पाठकले थप केही व्यक्तिहरूको अनुहार देखे चिन्ने भए पनि नाम थाहा नभएको उल्लेख गर्दै उनीहरूलाई समेत आरोपितको रूपमा समेटेकी छन्।  हिजो काठमाडौंको माइतीघर क्षेत्रमा पाठक र बस्नेतबीच सडकमै हात हालाहाल भएको थियो। कपाल तानातान र लछारपछारसम्म पुगेको उक्त घटनामा दुवै पक्षका अन्य व्यक्तिहरू पनि संलग्न देखिन्छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

प्रहरीले घटनालगत्तै बस्नेतलगायत केहीलाई नियन्त्रणमा लिएर परिसर पुर्‍याएको थियो भने पाठक उपचारका लागि अस्पताल पुगेकी थिइन्। अस्पतालबाटै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरिरहेकी छन्।

पाठकद्वारा दायर जाहेरीमा उल्लेखित १० जना सबै महिला भक्तपुर जिल्लाका रहेको जनाइएको छ। उनले शर्मिला बस्नेत, गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र नीता खत्रीको नामसहित अभिभावकको विवरण र सम्पर्क नम्बरसमेत उल्लेख गरेकी छन्। साथै, उनीहरूको हुलिया र परिचय खुल्ने विवरण पनि निवेदनमा समावेश गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...