सिक्री लुट्ने गिरोह पक्राउ, सुनसहित विभिन्न सामग्री बरामद

cp new add
Nisharg hospital
suchana
Nast new

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तारकेश्वर नगरपालिका–४ पैँयुटारबाट महिलाको घाँटीमा लगाएको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ र २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिका–का ४४ वर्षीय सतिस अमात्य तथा सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका छन्।

प्रहरीले उनीहरूबाट १२.९० ग्राम सुन, एक थान पेचकस, एक थान ठूलो रेन्च, आठ थान साना रेन्च, एक थान मोबाइल, एक थान खुकुरी, साथै हुडी, ट्राउजर र ज्याकेट लगायतका सामग्री बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार चैत १२, चैत १९ र वैशाख ६ गते विभिन्न स्थानमा भएका सिक्री लुटपाटका घटनाको अनुसन्धानका क्रममा उक्त गिरोहलाई पक्राउ गरिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...