दुर्गममा खटाएको भन्दै उपसचिव भोजबहादुर ऐडीले दिए राजीनामा

cp new add
Nisharg hospital
suchana

बाजुराको बुढीगंगा नगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव भोजबहादुर ऐडीले राजीनामा दिएका छन्। उनले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर राजीनामाका लागि निवेदन दर्ता गराएका हुन्।

भर्खरै उपसचिवमा बढुवा भएका ५६ वर्षीय ऐडीले आफूलाई दुर्गम क्षेत्रमा खटाइएकोप्रति असन्तुष्टि जनाउँदै आएका थिए। उनले सुगम क्षेत्रमा खटाउन अनुरोध गरे पनि पुनः दुर्गममै पठाइएकाले काम गर्न कठिन भएको गुनासो गरेका छन्। व्यक्तिगत समस्या समेत उल्लेख गर्दै उनले राजीनामा दिएका भए पनि मन्त्रालयले हालसम्म स्वीकृत नगरेको जनाएको छ।

मन्त्रालयले उनलाई २०८२ पुसमा बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। सरुवा भएको दुई महिनापछि फागुनमा उनी नगरपालिकामा हाजिर भएका थिए, तर एक सातामै फर्किएका थिए। त्यसपछि मन्त्रालयले चैत १६ गते पुनः सोही ठाउँमा खटाए पनि उनी हालसम्म हाजिर भएका छैनन्।

यसबीच, बुढीगंगा नगरपालिका विगत चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ, जसले प्रशासनिक कार्यसम्पादनमा असर पारिरहेको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...