झन्डै १३ लाखको लागुऔषध बरामद, दुई जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

नवलपरासीको बर्दघाटस्थित एक रेष्टुरेन्टबाट झन्डै १३ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने लागुऔषध बरामद गरिएको छ। लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाको टोलीले इलाका प्रहरी कार्यालय बर्दघाटको सहयोगमा उक्त लागुऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद लागुऔषध रासायनिक रूपमा प्रयोगशालामा तयार पारिएको खालको हो। चार वटा प्याकेटमा राखिएको उक्त पदार्थको कुल तौल २०८ ग्राम १६० मिलिग्राम रहेको छ। यसको बजार मूल्य प्रतिग्राम ५ देखि ६ हजार रुपैयाँसम्म हुने बताइएको छ।

बर्दघाट नगरपालिका–१० लण्डन ब्रिज नजिक रहेको संगम रुफटप रेष्टुरेन्ट एण्ड खाजा घरबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए। प्रहरीले उक्त स्थानबाट बर्दघाट नगरपालिका–१० का ६१ वर्षीय धनलाल चापागाई र सुस्ता गाउँपालिका–५ थारुटोलाका ३३ वर्षीय स्तकार हुसेनलाई पक्राउ गरेको छ। उनीहरू रेष्टुरेन्टमा बसेर ग्राहकको पर्खाइमा रहेको अवस्थामा पक्राउ परेका थिए।

पक्राउ परेका दुवैजनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...