भाइ मारेको आरोपमा दाइ जेल चलान

cp new add
Nisharg hospital
suchana
Nast new

अर्घाखाँचीमा आफ्नै भाइको ज्यान लिएको अभियोगमा एक दाइलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला अदालत अर्घाखाँचीले भूमिकास्थान नगरपालिका–७ निवासी निमबहादुर केसीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै थुनामा पठाउने आदेश दिएको हो। २०८० साल साउन २६ गते बाँदर मार्ने क्रममा चलाइएको गोली लागेर उनका ४५ वर्षीय भाइ पदम केसीको मृत्यु भएको थियो।

घटनापछि प्रहरीले निमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। प्रारम्भिक बयानमा उनले आफ्नै बन्दुक पड्किँदा भाइको मृत्यु भएको बताएका थिए। तर उक्त बयान शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीको नेतृत्वमा थप अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा बाँदरलाई लक्षित गरी हानेको गोली नै भाइलाई लागेको पुष्टि भएको प्रहरीले जनाएको छ। सोही आधारमा अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।

प्रमुख जिसीका अनुसार, “घटना शंकास्पद देखिएपछि विस्तृत अनुसन्धान गर्दा भाइको ज्यान दाइले चलाएको गोलीबाट गएको पुष्टि भयो। त्यसपछि अदालतले थुनामा पठाउने आदेश दिएको हो।”

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...