धनगढीका ६ होटलमा अनैतिक गतिविधि, एकैदिन ३० जना पक्राउ

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा अनैतिक गतिविधि गराएकाे आराेपमा छ होटलमा छापा हानेको थियो ।

डीएसपी तिमिल्सिनाकाअनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको हाे । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा अनैतिक कार्य गर्न प्रेरित गराएको अभियोगमा १७ महिला र १३ पुरुषलाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रहरीले धनगढीको ब्ल्याक स्टोन कटेजबाट सात जना, सम्झना होटलबाट चार जना, ए.एम एण्ड ए होटलबाट पाँच जना, प्रिन्स होटलबाट पाँच जना, कर्णाली होटलबाट छ जना र एभरेष्ट होटलबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(पक्राउ परेकामाथिकाे आराेप छानबिनकाे क्रममै रहेकाले उनीहरुको व्यक्तिगत विवरण हटाइएकाे छ : सम्पादक)

 

Navjiwan hospital adv
Loading...