जबरजस्ती करणी आरोपमा युवक पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

झापामा जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन्।

शिवसताक्षी नगरपालिका–९ बस्ने २३ वर्षीय अमृतधन कुलुङ राईलाई १९ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८२ साल माघ २० गते दिउँसो शिवसताक्षी–९ दुधेस्थित आफ्नै पुरानो घरमा लगेर जबरजस्ती करणी गरेको भन्दै पीडित युवतीले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन्।

जाहेरी परेको दुई दिनपछि, वैशाख १६ गते, प्रहरी टोलीले राईलाई दुधे चोकबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका राईमाथि झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...