नवजीवन सहकारीको अध्यक्षमा ४ जनाको उम्मेदवारी

cp new add
Nisharg hospital
suchana

धनगढी । धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडको आगामी निर्वाचनका लागि नेतृत्व चयनको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। ३२औँ वार्षिक साधारणसभाअन्तर्गत हुने निर्वाचनका लागि अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष पदमा केशवराज मिश्र, गोपालराज पाठक, धनबहादुर शाह र चेतराज ओझा आमनेसामने भएका छन् । उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

उपाध्यक्ष पदका लागि इन्द्रप्रसाद जोशी, उत्तम जोशी र उपेन्द्र बिष्ट चुनावी मैदानमा छन् भने सदस्य पदमा ३० जना उम्मेदवारले भाग लिएका छन् ।

त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजक पदमा गणेशप्रसाद जोशी र चेतराज जोशीबीच प्रतिस्पर्धा हुने भएको छ । सो समितिको सदस्य पदमा खेमराज पाठक, गणेशप्रसाद उपाध्याय, टेकराज जोशी र दिलीप रोकाय क्षेत्री उम्मेदवार रहेका छन् ।

निर्वाचन समितिले उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै पूर्वनिर्धारित कार्यतालिका अनुसार मतदान प्रक्रिया अघि बढाइने जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...