बैतडीमा प्रअमाथि कालोमोसो र जुताको मालाको रहस्य खुल्यो, परीक्षामा फेल भएकी महिलाको आरोपपछि घटना

cp new add
Nisharg hospital
suchana

बैतडी ।  बैतडीमा एक विद्यालयका प्रधानाध्यापकमाथि कालोमोसो दल्दै जुताको माला लगाइएको छ।

जिल्लाको शिवनाथ गाउँपालिका–४ पिपलकोटस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि महिलामाथि दुर्व्यवहार गरेको आरोपमा उक्त घटना भएको हो।

बिहीबार दिउँसो विद्यालय पुगेका महिलाका आफन्तले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुताको माला लगाएका हुन्।

विद्यालयले शिक्षक नियुक्तिका लागि आवेदन माग गरेको थियो। आवेदन दिने महिलामध्ये एक जनाले आफूलाई दुर्व्यवहार गरिएको भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। त्यसपछि आफन्तहरू विद्यालय पुगेर विरोधमा उत्रिएका हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत साउँदले प्रधानाध्यापकमाथि यस्तो घटना भएको पुष्टि गरे। उनका अनुसार शिक्षक नियुक्तिको विषयलाई लिएर आर्थिक बार्गेनिङको चर्चा पनि भएको थियो।

“मैले कसैसँग आर्थिक लेनदेन नगरी निष्पक्ष परीक्षा गराउनुपर्छ भनेको थिएँ। ती महिलाका आफन्तले नियुक्ति गराउन दबाब दिएका थिए। परीक्षा निष्पक्ष हुने जानकारी गराइएको थियो। तर ती महिला पहिलो पेपरमै असफल भएपछि आफन्त आक्रोशित बने र यस्तो घटना भयो,” अध्यक्ष साउँदले बताए।

वैशाख १२ गते ती महिलामाथि हातपातको प्रयास भएको आरोप पनि लागेको थियो। त्यसपछि अभिभावक र विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक ओझालाई राजीनामा दिन आग्रह गरेका थिए। ओझाले बिहीबार नै राजीनामा दिएका छन्।

महिला पक्षका आफन्तले भने केही दिनअघि महिलामाथि हातपात गर्न खोजिएको आरोप लगाएका छन्।

“केही दिनअघि महिलामाथि हातपात गर्न खोजिएको थियो। त्यसकै आक्रोशमा महिलाहरू विरोधमा उत्रिएका हुन्,” एक आफन्तले बताए।

घटनाबारे प्रहरीले भने हालसम्म औपचारिक जानकारी नआएको जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...