सरकारको विरोध गर्दै जेनजीहरू लगातार सडकमा

cp new add
Nisharg hospital
suchana

सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदमविरुद्ध जेनजीको एक समूह आज पनि विरोधमा उत्रिएको छ ।

बालेन सरकारको उन्मादले देशैभरीका सुकुम्बासी समुदाय बिचल्लीमा परेको भन्दै जेनजी मुभमेन्ट एलायान्सका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । सुकुम्बासी मोर्चा नेपालकाे अगुवाइमा भएको कार्यक्रममा जेनजी अभियन्ता लक्ष्मी घिमिरे, जेनजी घाईते समितिका संयाेजक स्मृति राई, नेपाल पिछडावर्ग महासंघका केन्द्रिय सदस्य गाेपाल प्रकाश सुनारलगायत करिब सय जनाको उपस्थिति रहेको छ ।

मण्डलाको विस्तारित सडक खण्डमा भेला भएका प्रदर्शनकारीले थाललाई चम्चाले बजाई सरकारको कदमप्रति सांकेतिक विरोध जनाए । ‘घर होइन, अन्याय भत्काऊ’, ‘विकासको नाममा उठिबास बन्द गर’, ‘तीन दिन बिदा सुकुम्बासी, अलबिदा’, ‘हामी उठीबास स्वीकार्दैनौँ’, ‘समाजको नारा डोजरको सहारा’, ‘म हिसाब सिक्दै छु ताकि हरेक अन्यायको हिसाब राख्न सकुँ’ लेखिएका प्लेकार्ड देखाइएको छ ।

उचित विकल्प र व्यवस्थापनविनै सुकुम्बासी बस्ती खाली गर्ने सरकारको कदमको विरोधमा जेनजी एलायन्सले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलेको दिन पनि एलायन्सका कार्यकर्ताले त्यहि पुगेर विरोध गरेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...