
धनगढी । कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु छ ।

जिल्लाकाे पुनर्वास नगरपालिका-९ (ख) गाँउस्थित दोदा नदीमा नुहाउने क्रममा सोही पुनर्वास-८ (क) गाउँ बस्ने बर्ष १४ वर्षीय रोहित दौडेकाे डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीमा डुबेर गम्भिर घाईते भएका उनलाई उपचारको लागि पुनर्वास टाउन हस्पिटल लगिएकोमा थियाे तर चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै बाजुरामा खाेलामा बालक बेपत्ता भएका छन् । हिमाली गाउँपालिका-१ मैतार्नास्थित कुवाडी खोलामा नुहाउन गएका १४ वर्षीया नवराज थापा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
चार जना साथिहरु सँगै नुहाउने क्रममा खोलाले थापालाई बगाएपछि बेपत्ता भएका हुन् । उनकाे खोजतलास जारी रहेकाे प्रहरीले जनाएको छ ।

