कञ्चनपुरमा १४ ग्राम लागूऔषधसहित युवक पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँ मैली क्षेत्रमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

मंगलबार साँझ करिब ५ बजे भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका बेलडाँडी गाउँपालिका–१ रौलेश्वरका २२ वर्षीय हरेन्द्र साउँदलाई प्रहरीले शंका लागेर जाँच गरेको थियो ।

जाँचका क्रममा उनको साथबाट १४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषध बरामद भएपछि साउँदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...