

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी बजारबाट बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सम्मानित जिल्ला अदालतको २४ माघ २०८० को फैसलाअनुसार बहुविवाह मुद्दामा १ वर्ष २ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका–२ निवासी ३० वर्षीय दिलु बादी र सोही ठाउँकी २७ वर्षीया अन्नु सुनारलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बाणी बजार क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।

