गोदावरीमा रास्वपा नगर समिति विघटन, नगर सभापती सहित सबैले दिए सामूहिक राजीनामा

cp new add
Nisharg hospital
suchana

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको गोदावरी नगर समितिले सामूहिक रूपमा राजीनामा दिएको छ। समितिको आज बसेको बैठकले संयुक्त राजीनामा गर्ने निर्णय गरेको हो।

नगर सभापति दिपक ओझाका अनुसार समितिले कुनै दबाब, प्रभाव वा आन्तरिक विवादका कारण नभई नयाँ नेतृत्वलाई काम गर्ने सहज वातावरण बनाउन मार्ग प्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको जनाएको छ।

समितिले जारी गरेको धारणा अनुसार संगठनलाई थप सक्रिय, प्रभावकारी र गतिशील बनाउन नयाँ टोलीलाई अवसर दिन आवश्यक ठानेर यस्तो निर्णय गरिएको हो। सामूहिक राजीनामापछि गोदावरी नगर क्षेत्रमा पार्टीको आगामी संगठनात्मक संरचना र नेतृत्व चयनलाई लिएर राजनीतिक चासो बढेको छ।

रास्वपाको स्थानीय तहमा भएको यो निर्णयलाई पार्टीभित्रको आन्तरिक पुनर्संरचना र नयाँ रणनीतिक तयारीका रूपमा समेत हेरिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...