धनगढीबाट छुटेको जीप अछाममा दुर्घटना, चालकसहित ५ जना घाइते

cp new add
Nisharg hospital
suchana

धनगढी । अछामको साँफेबगर नगरपालिका–२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ६ः५० बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ बस्ने टेकेन्द्र रावत घाइते भएका छन्। उनको बाँया खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका–५ बस्ने अन्दाजी ४१ वर्षीया देबु खातीको छातीमा चोट लागेको छ। सोही ठाउँका ५३ वर्षीय नृप खातीको दाहिने हात र बाँया आँखामा चोट लागेको छ।

बुढीगंगा नगरपालिका–९ बस्ने ३४ वर्षीया उज्जला सेरेलाको बाँया खुट्टामा चोट लागेको छ भने ८० वर्षीया बैरागी सेरेलाको छाती र नाकमा चोट लागेर उनी बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि इलाका प्रहरी कार्यालय साँफेबगरको गाडीमार्फत बयलपाटा प्रादेशिक अस्पताल पठाइएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नायब निरीक्षक देबेन्द्र कुँवरको कमाण्डमा ८ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त जिप सडकभन्दा तल खसेकाले यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...