

काठमाडौं । भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दैछ । परराष्ट्रमन्त्री शिशिर खनालले मल खरिद प्रक्रियामा रहेको जानकारी गराएका छन् ।
‘मलको विषयमा भारत सरकारसँग संवाद भएर झण्डै ८० हजार मेट्रिकटन खरिद प्रक्रियामा छ,’ बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले भने ।
उनका अनुसार खरिद प्रक्रियामा कृषि सामाग्री कम्पनी संलग्न छ ।

