प्रधानमन्त्री देउवाको स्वागतमा स्वतन्त्र उमेदवार सागर ढकाल

cp new add
Nisharg hospital

१७ कात्तिक, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले डडेल्धुरा पुग्दैछन् । शेरबहादुर देउवाले आजदेखि जिल्लामा चुनावी अभियान थालेका छन् ।

Nast Ad

श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका देउवा आजदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने सभालाई सम्बोधन गर्न पुग्दैछन् ।

देउवाले भोलि बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

अहिले डडेल्धुरा पुग्दै गरेका देउवालाई उनकै प्रतिष्पर्धी सागर ढकाल पनि स्वागतका लागि उभिएका छन् ।


ढकालले पत्रकारसँग कुरा गर्दै विदेशमा पनि यस्तो संस्कार रहेको बताउँदै उनले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...