गोला प्रणाली फेरबदल गर्ने कुनै छलफल छैन : सर्वोच्च

cp new add
Nisharg hospital
suchana
Nast new

सर्वोच्च अदालतले इजलास र मुद्दा छनोटका लागि लागू गरिएको ‘गोला प्रक्रिया’ परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

विभिन्न अदालतमा मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको उक्त प्रणाली हटाउने वा त्यसको विकल्प खोज्ने विषयमा कुनै औपचारिक छलफल नै नभएको सर्वोच्च अदालतले जनाएको हो।

नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि गोला प्रणाली हटाएर प्रधानन्यायाधीशले नै इजलास तोक्ने तयारी भइरहेको भन्ने आशयका समाचार तथा सामाजिक सञ्जालमा फैलाइएका हल्लाप्रति अदालतले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दैनिक पेसी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाबारे पुनर्विचार गर्ने कुनै सोच वा धारणा औपचारिक रूपमा कतै पनि छलफलमा आएको छैन।

बुधबार जारी विज्ञप्तिमा उनले भनेका छन्, “दैनिक पेसी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाका बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल नभएको तथा गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रूपमा कुनै धारणा समेत नरहेको जानकारी गराउँछौँ।”

विगत केही समयदेखि ‘अदालतहरूमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ अनुसार अदालतहरूमा मुद्दाको पेसी व्यवस्थापन हुँदै आएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...