ओली र लेखकलाई कारवाही, सुशीला र सुधनमाथि अनुसन्धान गर्न सिफारिस

cp new add
Nisharg hospital
suchana
Nast new

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरेको छ । आयुक्त लिली थापाको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन आज सार्वजनिक भएको हो ।

प्रतिवेदनमा तत्कालीन सरकार र आन्दोलनकारी पक्षको विभिन्न भूमिकामा रहेकाहरूलाई आवश्यक कारवाही र अनुसन्धान गर्न सिफारिस गरिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधि मन्त्री पिएस गुरुङलाई मानवअधिकार उल्लङ्घनकर्ताको रूपमा दोषी ठहर गरिएको छ ।

उनीहरुलाई आवश्यक कानुन बनाएर कारवाही गर्न सिफारिस गरिएको छ । ‘निजहरूलाई मानव अधिकार उलंघनको विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिँदा मानवता र मानव अधिकारको कसुरमा पाश्चात्यदर्शी कानून बनाएर पनि सजाय गर्न सकिन्छ भनी सर्वोच्च अदालतबाट ९अधिवक्ता माधव बस्नेत वि। नेपाल सरकार समेत ने।का।प। २०७२ अंक ९ नि।नं। ९०५१० मुद्दामा सिद्धान्त प्रतिपादन भईसकेको हुँदा निजहरूलाई कारवाही र सजाय गर्न नयाँ कानुन निर्माण गर्नु पर्ने देखिन आयो’, प्रतिवेदनमा भनिएको छ, ‘अतः सो बमोजिम नयाँ कानून निर्माण गरी माथि उल्लेखित तीनै जना लगायतलाइ सोही कानून बमोजिम कारवाही गर्न ।’

आयोगले नयाँ कानुनमा तोक्नुपर्ने सजायसम्बन्धी केही सीमासमेत उल्लेख गरेको छ । ‘बढीमा ६ महिना कैद वा ३ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न, राजनीतिक नियुक्ति वा निर्वाचित हुने जुनसुकै पदमा कम्तीमा पाँच वर्षसम्मका लागि उम्मेदवार हुन नमिल्ने व्यवस्था गर्न, प्रशासनिक जिम्मेवारीमा कम्तीमा ३ वर्षसम्मका लागि बन्देज लगाउन, विदेश भ्रमणमा जान कम्तीमा ३ वर्षसम्म प्रतिबन्ध लगाउन मुद्दा परेपछि जुन सुकै सार्वजनिक पदमा रहेको भएता पनि स्वतः निलम्वन हुने व्यवस्था राख्न’ जस्ता सजाय सीमा प्रतिवेदनमा औँल्याइएको छ ।

त्यस्तै, पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्व गृहमन्त्रीद्वय ओमप्रकाश अर्याल र सुधन गुरुङलगायतमाथि अनुसन्धान गर्न सुझाइएको छ । घटनामा उनीहरुको संलग्नता रहे–नरहेको, उनीहरुले दिएको अभिव्यक्तिले प्रदर्शनकारीहरु उत्तेजित र आक्रोशित भए–नभएको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुगे–नपुगेको अनुसन्धान गर्न भनिएको छ ।

त्यसैगरी रास्वपाका केही बहालवाला सांसदमाथि पनि आवश्यक अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ । डा।तोसिमा कार्की, कृष्ण कार्की, मनिष झा, सुलभ खरेल, ज्वाला संग्रौला, राजीव खत्री, बब्लु गुप्ता, दिपक बोहोरा, आशिका तामाङ्ग, हरि ढकाल अनुसन्धान सिफारिसमा परेका हुन् ।

त्यसैगरी, आन्दोलनकारीतर्फ खेमराज साउँद, पुरुषोत्तम यादव, अमनप्रताप अधिकारी, विवेक थपलिया, भिक्टर पौडेल, निश्चल बस्नेत, सरु सुनुवार, गौरव बराल, भीम उपाध्याय, रवि किरण हमाल, जेरी ताम्राकारउपर पनि अनुसन्धान गर्न आयोगले भनेको छ ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनउपर जाँचबुझ गर्न बनेको उच्चस्तरीय आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान सिफारिस गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...