
१७ कात्तिक, धनगढी । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेको सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा माला लगाउन नपाएपछि फूलले टाढैबाट पूजा गरेका छन् ।

डडेल्धुरा बसपार्कस्थित आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न पुगेका कांग्रेस सभापति समेत रहेका देउवालाई माला लगाउन नपाएपछि टाढैबाट फूलले पूजेका हुन् ।
उनले दिएको माला प्रधानमन्त्रीका निजी सुरक्षा गार्ड (पिएसओ) ले समाते । ढकाल भने रोकिएनन् । उनले हातमा राखेको फूल टाढैबाट देउवालाई चढाए ।
‘त्यसो किन गर्नुभएको ?’ भन्ने प्रश्नमा ढकाल भन्छन्, ‘मेरो प्रतिस्पर्धी भएपनि उहाँ देशको प्रधानमन्त्री । उहाँ हजुरबुवाको उमेरको । मैलै सम्मानस्वरुप उहाँलाई फूलले पूजेको हुँ ।’

