


काठमाण्डौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।
तीन दिनदेखि अस्वस्थ रहँदै आएको प्रचण्ड शनिबार विहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्। रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उनलाई चिकित्सकहरुले अस्पतालमा भर्ना गरेर उपचार गरिरहेको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार प्रचण्डको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । शुक्रबार प्रचण्डलाई १ सय २ ज्वरो आएपछि घरमै डाक्टर बोलाएर स्वास्थ्य जाँच गरिएको थियो ।

