सुदूरपश्चिममा लागूऔषधसहित एकैदिन ८ जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिममा प्रहरीले लागूऔषधसहित आठ जनालाई पक्राउ गरिएको छ । कैलाली, कञ्चनपुर र दार्चुलाबाट विभिन्न किसिमका लागूऔषधसहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीमा पाँच, कञ्चनपुरमा दुुई र दार्चुलामा एक जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा २४ वर्षीय कमल चौधरीलाई २३० ग्राम गाँजासहित पक्राउ गरिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीको टोलीले उनको घरमा खानतलासी गर्दा गाँजा फेला पारेको थियो ।

यस्तै, टिकापुर नगरपालिका–९ खक्रौलाबाट ३१ वर्षीय दिनेश शाही ६३० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ परेका छन् । सोही क्षेत्रमा २१ वर्षीय खकेन्द्र साउदलाई ३ ग्राम २० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ, नाइट्रोजाम ३ क्याप्सुल र स्पाजाम ८ क्याप्सुलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका–६ विस्नापुरबाट ३४० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित जानकी गाउँपालिका–४ का २० वर्षीय प्रासिस रावत र एक १८ वर्षीय किशोर पक्राउ परेका छन् ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चन्देबाट बैतडीको पुर्चौडी नगरपालिका–८ का ३२ वर्षीय अर्जुन धानुक र पुनर्वास नगरपालिका–२ का २२ वर्षीय आशिष साउद २३० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ परेका छन् ।
उनीहरू सवार से ६ प ७५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट ३१ वर्षीय सन्तोष बर्मा सुनार ११ ग्राम चरेशजस्तो पदार्थसहित पक्राउ परेका छन् । पक्राउ परेकालाई सम्बन्धीत ठाउँका हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...