
१८ कात्तिक, धनगढी । अछाममा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।

साँफेबगर नगरपालिका–७ रिडिकोटका २३ वर्षीय तपेन्द्र साउदको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय रुपबहादुर बोहराको घरमा प्लास्टर गर्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

