


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना पूर्वनियोजित, आपराधिक र षड्यन्त्र भएको टिप्पणी गरेका छन् । निर्वाचनपछि पहिलोपटक सार्वाजनिक कार्यक्रममा बोलेका ओलीले सो घटना आकस्मिक आक्रोशबाट सृजित मात्र नभएको दाबी गरे ।
भाद्र २३ र २४ को घाटना पूर्वनियोजित र षडयन्त्र थियो । यो मेरो भनाइ होइन राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार हो,” ओलीले भने, “त्यो षडयन्त्र हाम्राविरुद्ध त थियो नै, देशका विरुद्ध पनि थियो ।”
असंगठित रूपमा निस्किएका जेनजी युवाहरूलाई ढाल बनाइएको ओलीको दाबी छ । त्यसका आधारहरू पनि घटनाक्रमले पुष्टि गरेको उनको भनाइ छ । “संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र विभिन्न उद्योगहरू देखिएकै थिए, ओलीले भने, नेताका घरहरू लोकेट गरेर वितरण गरिएको थियो ।

