गोदावरीबाट खैरो हेरोइनसहित युवती पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा डेरा गरी बस्दै आएकी एक युुवतीलाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ महेन्द्रनगर घर भएकी ३६ वर्षीया ममता भट्ट रहेकी छन्। उनलाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने १ ग्राम १६० मिलिग्राम पदार्थसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनको डेरा कोठामा खानतलासी गर्दा उक्त पदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...