कैलालीमा भन्सार छली र चोरीका १७ लाखभन्दा बढीका १५ मोटरसाइकल बरामद

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीमा प्रहरीले चोरीका १५ वटा मोटरसाइकल बरामद गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट भन्सार छली तथा चोरी गरिएका १७ लाख ३० हजार बराबरका १५ मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले ती मोटरसाइकल बरामद गरेको जानकारी दिए ।

उनकाअनुसार बरामद मोटरसाइकल आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय सत्तीमा पठाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...