अस्पतालको आईसीयूमा आगलागी, चार जनाको मृत्यु

cp new add
Nisharg hospital
suchana
Nast new

भारतको बिहारस्थित मुजफ्फरपुरको एक निजी अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

बिहार सरकारले मृतकका परिवारलाई जनही ४ लाख भारु आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार सर्ट सर्किट भएका कारण अस्पतालको आईसीयूमा आगलागी भएको देखिएको छ ।

भारतको बिहार राज्यस्थित मुजफ्फरपुरको एक निजी अस्पतालको आईसीयूमा भीषण आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । मुजफ्फरपुरको प्रसाद अस्पतालमा बिहीबार बिहान करिब ३ बजे आगलागी भएको हो।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले मृतकका परिवारलाई जनही चार लाख भारु आर्थिक सहायता दिने घोषणा समेत गरेका छन्।

स्थानीय जिल्ला अधिकारीले सुरुमा तीन जनाको मृत्यु भएको बताए पनि पछि यो संख्या बढेको हो । कतिपय सञ्चारमाध्यमहरूले भने मृतकको संख्या बढ्न सक्ने आशंका गरेका छन् । आगलागीमा थुप्रै मानिस घाइते भएका छन् । जसमा अधिकांश अस्पतालमा भर्ना भएका बिरामीहरू छन्।

आगलागी भएलगत्तै आईसीयूमा रहेका अन्य बिरामीहरूलाई उद्धार गरी नजिकका फरक अस्पतालहरूमा भर्ना गरिएको छ।

जिल्ला अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा सर्ट सर्किटको कारण आगलागी भएको देखिए पनि घटनाको पूर्ण विवरण विस्तृत अनुसन्धानपछि मात्रै खुल्नेछ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...