फागुन २१ को निर्वाचन विश्वले अध्ययन गर्न लायक थियो : सुशीला कार्की

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छन् ।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै कार्कीले उक्त कुरा बताएकी हुन् । “निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ । जनताले दिएको मतको सम्मान गर्दै उहाँहरूलाई काम गर्न दिनुपर्छ,” उनले भनिन् ।

उनले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मीलगायतको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरिन् ।

पूर्वमन्त्री अनिलकुमार सिन्हाले विषम अवस्थाम सरकार, आयोग र सरोकारवालाको सहयोगमा कुनै हिंसात्मक घटनाबिना निर्वाचन सम्पन्न भएको बताए ।

पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको विद्रोहको भावनाअनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई मुलुकका स्थायित्व कायम हुनुपर्नेमा जोड दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...