


हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ मा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
गएराति स्थानीय महेन्द्रबहादुर शाहीको तीनतले घर आगलागीबाट जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
हुम्लाका प्रहरी उपरीक्षक शंकर खड्काका अनुसार आगलागीबाट शाहीको सात कोठे भवन जलेर नष्ट भएको छ ।
आगलागी बाट सुन तीन तोला, चाँदी १०० तोला, नगद दुई लाख गरी जम्मा २० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

