
धनगढी । कञ्चनपुर प्रहरीले जनप्रतिनिधिसँग विवादका क्रममा हातपात र दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकी पत्रकार(सञ्चारकर्मी) ऐश्र्वया कुँवरमाथि अनुुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले कुँवरविरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
रावतले कुँवरले भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रवीन्द्र देवकोटा र भीमदत्त नगरपालिकाकी कार्यपालिका सदस्य सीता देवी भण्डारीसँग वादविवाद तथा हातपात गरेको उल्लेख गरेका छन् ।
पत्रकार महासंघ कञ्चनपुरकी सदस्य समेत रहेकी कुँवरले उनीहरुमाथि वडा कार्यालयको आयोजनामा महेन्द्रनगरस्थित होटल स्विट ड्रिममा ’सुनौलो भविष्य बाल क्लब’मा आबद्ध बालबालिकाका लागि तीन दिने नेतृत्व विकास तालिम सञ्चालन भइरहेका बेला वादविवाद र हातपात गरेकी थिइन् ।
कुँवरले जनप्रतिनिधिसँग विवाद र हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

