मतदान ढिलो हुनु रास्वपाको समस्या होइन, निर्वाचन आयोगको हो- आशिका तामाङ

cp new add
Nisharg hospital

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सांसद आशिका तामाङले पार्टीको जारी महाधिवेशनमा मतदान ढिलो हुनुमा पार्टीको नभई निर्वाचन आयोगको कमजोरी रहेको बताएकी छन्।

Telecome

वर्षौंदेखि निर्वाचन आयोगले महाधिवेशनहरू गराउँदै आएको दाबी गर्दै उनले महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुराकानीका क्रममा भनिन्, ‘यो हाम्रो पार्टीको समस्या होइन। निर्वाचन आयोग जसले परिचालन गर्नुहुन्छ उहाँहरूको समस्या हो। उहाँहरूले वर्षौंदेखि कांग्रेस, एमाले र माओवादीको महाधिवेशन गरेर आउनु भएको छ। यत्रो महाधिवेशन गर्दा पनि हेर्नु न यो खालको त्रुटि देख्दा, अरूभन्दा जनताले दुःख पाए। यति समयमा मतदान हुन्छ भनेर भन्नुपर्दैन ? ’

चितवनको भरतपुरमा रास्वपाको प्रथम महाधिवेशन जारी छ। ९९ केन्द्रीय सदस्य पदका लागि मतदान भइरहेको छ।

तामाङ धादिङ १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन्। रास्वपाले आफ्ना १८२ जना सांसदहरूलाई महाधिवेशन प्रतिनिधि बनाएको थियो, त्यसैले आशिका पनि रास्वपा महाधिवेशन प्रतिनिधि छन्।

पार्टीहरूले महाधिवेशन गराउन पार्टी विधानअनुसार आफ्नै संरचनाभित्रबाट निर्वाचन समिति वा आयोग बनाउने गर्छन्। रास्वपा निर्वाचन आयोग प्रमुख भुवन केसी छन्। उनकै नेतृत्वमा महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय सदस्यका लागि आज मतदान भइरहेको छ।

तर पार्टीको यो संरचनाबारे सांसद आशिका तामाङ परिचित छिन् भन्ने उनको अभिव्यक्तिले देखाउँदैन। यो कुरा उनले महसुससमेत गरिसकेकी छन्।

‘मैले सोचेँ फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोग जस्तो लागेको थियो- पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान ममा भएन भन्दैमा मिडिया ट्रायल गर्नु आवश्यक छ ? मेरो राजनीतिकमा जन्म भएको २ महिना राम्रो भएको छैन। न मेरो बाउ राजनीतिज्ञ, थियो,  आमा  स्वयम् आफू हुँ। मान्छे सिक्दै जाने हो, बुज्दै जाने हो तर मैले महाधिवेशनबाट के बुझे भने दुःख पाउने त उही भुइँ मान्छे जनता नै रहेछ जता पनि,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...