केही नेता भ्रष्ट हुँदैमा कम्युनिस्ट आन्दोलन र मार्क्सवाद असान्दर्भिक हुँदैन : युवराज ज्ञवाली

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा एमालेका नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा मार्क्सवाद वा कम्युनिस्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताएका छन् ।

Telecome

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले व्यक्ति र सिद्धान्तलाई अलग–अलग रूपमा हेर्नुपर्ने बताएका हुन् । उनले सरकारमा पुगेपछि नेता बिग्रिनु सिद्धान्तको कमजोरी नभई व्यक्तिको दोष भएको बताए । उनले नेताको भ्रष्ट व्यवहारकै आधारमा कम्युनिस्ट आन्दोलनको औचित्य सकियो भन्ने भ्रममा नबस्न समेत आग्रह गरे ।

उनले भने, ‘सरकारमा पुगेर नेता बिग्रिए सिद्धान्तको दोष हो र ? मान्छे बिग्रने, नेता बिग्रने, भ्रष्टाचार गर्ने अनि मार्क्सवादलाई दोष दिने ? नेता बिग्रिने तर कम्युनिस्ट आन्दोलन नै खतम भयो भनेर जुन पूँजीवादीहरूले हल्ला मच्चाइरहेका थिए, त्यस्तो हल्लामा हामी नलागौँ ।’

उनले अगाडि भने, ‘हो, अवश्य पनि हामी बिग्रिएका छौँ , को-को बिग्रिए पछि थाहा हुँदै जान्छ । नेताहरूको दोष छन्, मेरा पनि होलान् तर कम्युनिस्ट पार्टी असान्दर्भिक भइसकेको होइन । मार्क्सवाद असान्दर्भिक भइसकेको होइन । जनताको बुहदलीय जनवाद असान्दर्भिक भइसकेको होइन  र वैज्ञानिक समाजवाद असान्दर्भिक भइसकेको होइन ।’

ज्ञवालीले कम्युनिस्ट आन्दोलन, माक्र्सवाद, जनताको बहुदलीय जनवाद तथा वैज्ञानिक समाजवाद अझै पनि सान्दर्भिक रहेको बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...