
काठमाडौं । कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मायादेवी गाउँपालिका–७ रतनपुर बस्ने ३२ वर्षीय रमेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घरमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए ।
जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

