सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा भट्ट नियुक्त, अन्यमा को ?

cp new add
Nisharg hospital

धनगढी ।  सरकारले देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले खुला प्रतिस्पर्धामार्फत छनोट भएका सात जनालाई शुक्रबार उपकुलपतिमा नियुक्त गरेका हुन्।

Telecome

नियुक्त हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डा। भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन्।

उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। सोही समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले सातै विश्वविद्यालयका उपकुलपतिलाई नियुक्त गरेका हुन्।

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका किशनदत्त भट्ट यसअघि शिक्षाक्षेत्रसँगै विश्वविद्यालय प्रशासनमा पनि सक्रिय रहँदै आएका व्यक्ति हुन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...